नव विवाहिता विरुद्ध हत्याको आरोप



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा एक नव विवाहित महिलालाई आफ्नो पतिलगायत अन्य १२ जना पतिका आफन्तलाई दूधमा विष मिसाएर ख्वाइ हत्या गरेको अभियोग लगाइएको छ। प्रहरीले गतसाता आसिया बिबीले खतरानाक विष मिसाइएको दूध पतिलगायत अन्यलाई ख्वाउन खोजे पनि उनका पतिले दूध नखाएको दाबी गरेको छ।

उनले दूधलाई लस्सी बनाएर पतिको परिवारलाई पिलाएको बताइएको छ। प्रहरीका अनुसार ती महिलालाई गत सेप्टेम्बरमा जवर्जस्ती विवाह गराइएको जनाइएको छ।

पाकिस्तानको गरिब र विकट क्षेत्रमा परिवारको दबाबमा विवाह हुने घटना सामान्य हुन्। स्थानीय संचार माध्यमका अनुसार आसियाले विवाहपछि पनि लोग्नेको घर छाडेर माइत भाग्ने असफल प्रयास गरेको जनाएको छ।

वरिष्ठ प्रहरी अधिकारी ओवासिस अहमदले असिया विरुद्ध हत्याको अभियोग लगाइएको पुष्टि गरेका छन्। प्रहरीले यस घटनामा १३ जनाको ज्यान गएको तथा अन्य १४ जनालाई अस्पताल भर्ना गरिएको नि जनाएको छ।

पाकिस्तानी सरकारी टेलिभिजन जियोले मृतकको संख्या १५ पुगेको र मर्नेमा बालबालिका पनि रहेको जनाएको छ। विषाक्त दूध पिलाइनासाथ घटनास्थलमै ८ जना व्यक्तिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्