यु–१४ रेन्किङ टेनिस शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
खिल नेपाल लन टेनिस संघको आयोजनामा केसा ग्रुप एनएलटीए एसियन यु–१४ रेन्किङ टेनिस प्रतियोगिता सोमबारबाट सातदोबाटो टेनिस कम्प्लेक्समा शुरु भएको छ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन ब्वाइज सिंगल्सतर्फ नेपालका आदित्य सुवेदीले नेपालकै अकी जुबेन रावतलाई ३–६, ६–२, ६–४ ले हराएर विजयी शुरुआत गरे। पहिलो चरणका अन्य खेलमा नेपालका प्रणव मानन्धरले आफ्नै राष्ट्रका आदित सुवेदीलाई ६–१, ६–० ले हराएका थिए। गल्र्स सिंगल्सतर्फ प्रकृति श्रेष्ठको सामना नेपालकै इशाश्री शाहसँग भएको थियो। जसमा प्रकृतिले ६–३, ६–३ को नतिजा निकालिन्। अर्को खेलमा नेपालकी स्नेहा यादवले नेपालकै निमिशा ढकाललाई ६–२, ६–३ ले हराएकी थिइन्।

एसियाली टेनिस महासंघको सहयोगमा जारी प्रतियोगितामा नेपाली ९ पुरुष र १३ महिला खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा व्यक्तिगततर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले त्रमशः २ सय, १ सय ३३, १ सय र ८० अंक प्राप्त गर्नेछन् भने ३२औं स्थानसम्म रहेका खेलाडीले एक अंक प्राप्त गर्नेछन्। यस्तै जोडीतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुने जोडीले क्रमशः २ सय, १ सय २०, ८० र ४० अंक प्राप्त गर्नेछन्। अन्य खेलाडीले अंक प्राप्त गर्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्