याङ्सु र विशेस्था उपाधि विजेता



 

रेडिएन्ट रिडर्स एकेडेमीकी ११ वर्षीया याङ्सु श्रेष्ठले आठौं चाइल्ड आइकन २०१७ को जुनियरतर्फको उपाधि जितेकी छिन्। उनले ३९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस ट्यालेन्ट पनि भइन्।

मिडिया ल्यान्डले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको आठौं चाइल्ड आइकन २०१७ आकृति फुयाल फस्ट रनर्सअप र सृष्टि श्रेष्ठ सेकेन्ड रनर्सअप भए।

त्यसै गरी सिनियरतर्फ आफ्ना ५३ प्रतिस्पर्धीलाई पछि पार्दै जोन डेवे स्कुलकी विशेस्था बुढाथोकी सिनियरतर्फको उपाधि विजेता भइन्। त्यसै गरी विदुषी शर्मा फस्ट र सज्जन सिंह थापा सेकेन्ड रनर्सअप भए।
प्रतियोगिताको निर्णायकमा प्रहरी उपरीक्षक एवं गीतकार डा. राजुबाबु श्रेष्ठ, डा. वासुदेव शास्त्री, तेक्वान्दो खेलाडी दीपक विष्ट, पत्रकार एवं लेखक डब्बु क्षत्री, नृत्य निर्देशक स्वजन राघुबँशी, गायक सुरेश मानन्धर, गायिका बबिता मानन्धर, सामाजिक अभियान्ता मेनुका थापा, मोडल सागरिका श्रेष्ठ र रेडियोकर्मी निस्मा चौधरी थिए।

 

प्रतिक्रिया दिनुहोस्