केडिया समूहद्वारा श्रीमद्भागवत् सप्ताहको आयोजना



काठमाडौं, (नेस)
केडिया समूहले समूहको प्रधान कार्यालय कालिमाटीमा श्रीमद्भागवत् महापुराण कथा कार्यक्रमको आयोजना गरेको छ। कात्तिक १२ गतेबाट शुरु भएको महापुराण एक हप्तासम्म चल्नेछ।

महायज्ञमा भारतका कथा वाचक राजकुमार मिश्रबाट कथा वाचन भइरहेको छ। महायज्ञमा केडिया समूहका निर्देशक रतनलाल केडिया र उहाँकी पत्नी रीता केडिया प्रमुख यजमान रहनुभएको छ। रतन केडियाले यो सप्ताह ज्ञानयज्ञ परिवारको मात्र नभई समस्त जगत्को कल्याण तथा शान्तिका लागि आयोजना गरिएको बताउनुभएको छ।

आजभन्दा १५ वर्ष पहिले पनि स्व. शंकरलाल केडियाको संरक्षकत्व र मनोजकुमार केडिया एवं सविता केडियाको प्रमुख यजमानत्वमा कालिमाटीमा भागवत् सप्ताह सम्पन्न भएको थियो। फेरि पनि विश्व शान्ति, समुन्नति तथा जगत् कल्याणका लागि परिवारले श्रीमद्भागवत् महायज्ञ परायण आयोजना गर्न पाएकोमा केडियाले खुसी व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्