सत्तरी जनाको हत्यारा हंगेरीमा पक्राउ



 

बुडापेस्ट, (एजेन्सी)
पेशेवर हत्याको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी संजाल (इन्टरपोल ) ले व्यापक खोजि गरिँदै गरेका एक जना पाकिस्तानीलाई हंगेरीमा पक्राउ गरेको छ। पाकिस्तानमा सत्तरी जना व्यक्तिको हत्या गरेको भन्दै पाकिस्तान सरकारले ‘पाकस्तिानी कसाही ’ उपनामबाट पनि कुख्यात ती ३५ वर्षीय पुरुष विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले उनलाई अष्ट्रियातर्फ अवैध ढंगले तस्करी हुँदै गरेको आप्रवासीको समूहबाट गिरफ्तार गरिएको जनाएको छ। उनी पाकिस्तानको मोस्ट वान्टिड अपराधी हुन्।

ए. जेड(बाट मात्र परिचय खुलाइएको उनी व्यवासायिक सार्पसुटर हुन्। अष्ट्रियन संघीय आपराधिक ब्युरोले उनलाई हंगेरीको राजधानी बुडापेस्टदेखि १ सय ७५ किमि दक्षिणमा पर्ने बोलीबाट सो आप्रवासी समुहसँग यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।
बोली हंगेरीको क्रोसिया र सर्वियाको सिमा नजिक पर्दछ। निकट भविष्यमा नै उनलाई पाकिस्तान समक्ष सुपुर्दगी गरिने भएको छ। अस्ट्रियाका गृहमन्त्री वोल्फांग सोवोतकाले एक विज्ञप्ति जारी गर्दै यस घटनाले अपराध विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय प्रहरी संजालको कति महत्व हुन्छ भन्ने प्रमाणित गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्