स्मार्ट सेलको फोरजी सेवा शुरू



 

काठमाडौं, (नेस)
स्मार्ट सेल टेलिकमले फोरजी सेवा शुरु गरेको छ । फोरजी सेवामा हालसम्मकै तीव्र गतिको इन्टरनेट ल्याएको कम्पनीले जनाएको छ। शनिबार परीक्षण सेवा शुरु गरेको भए पनि अर्को महिनादेखि व्यावसायिकरूपमा सेवा प्रदान गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीन राजभण्डारीले बताउनुभयो।

पहिलो चरणमा कम्पनीले काठमाडौं र पोखरामा फोरजी सेवा विस्तार गर्न लागेको हो। कम्पनीका अनुसार फोरजी सञ्चालनका लागि १० मेगाहर्ज प्रयोग गरिएको छ, जसले नेपालमा अहिलेसम्मकै तीव्रगति ७० मेगाहर्ज प्रतिसेकेन्डसम्मको गतिमा फोरजी इन्टरनेटको सेवा प्रदान गर्नेछ। स्मार्टसेलको सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल प्रयोगकर्ताले सेवा प्राप्त गर्न सक्नेछन्। कम्पनीले उपत्यकासहित ३५ जिल्लाका १५ लाख ग्राहकलाई सेवा दिँदै आएकोछ ।

स्मार्ट सेलका ग्राहकले प्रतिसेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्स एपमा निःशुल्क कल गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपियाँमा ३० दिन सम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपियाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सक्नेछन्।७ दिनसम्म प्रयोग गर्न सकिने ५०० एमबी डाटा ८५ रुपियाँमा प्रदान गरेको छ भने १ दिनका लागि ७५ एमबी डाटा १५ रुपियाँमा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। स्मार्ट सेलमा काजकिस्तानको ल्याडकास्टर ग्रुपको ८० प्रतिशत र नेपालीको २० प्रतिशत लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्