एनआइसीको स्विफ्ट ह्याक प्रकरणः रकम राति १ बजेदेखि बिहान ९ बजेसम्म ह्याकरको कब्जामा



नेपाल समाचारपत्र, काठमाडौ ।
एनआइसी एसिया बैंकको स्विफ्ट ह्याकमार्फत चोरी भएको रकममध्ये अधिकांस फिर्ता आइसकेसँगै प्रहरीलाई थप अनुसन्धानका लागि जिम्मा दिइने भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले कानुन कार्यान्वयन गराउने निकायहरुलाई अनुसन्धानका लागि भनिसकिएको जानकारी दिँदै अमेरिकामा समेत यसको छानबिन सुरु भइसकेको बताएका छन् ।

राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ (एफआइयु) मार्फत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पनि यसलाई छानवीन गर्ने उनले बताएका छन् । रकम बाहिरिएको बिषयमा अमेरिकामा पनि अनुसन्धान भइरहेकोपनि उनले थपे ।

बैंकको स्विफ्ट ह्याक गरेर जापान, अमेरिका, बेलायत, चीन, हङ्कङ र सिंगापुरका बैंकका ८ बैंकमा रकम भुक्तानीका लागि निर्देशन गएको थियो। कुल ४७ करोडमध्ये १२ करोड रुपैयाँ एनआइसी एसियाले थाहापाउने वित्तिकै यहीँबाट भुक्तानी निर्देशन रोकेको थियो।

बाँकी रकम भुक्तानी नगर्न भने सम्बन्धित बैंकहरुलाई पत्राचार गरेको थियो। त्यसमध्ये करिव २ करोड ७५ लाख रुपैयाँ फिर्ता हुन बाँकी छ। यो रकम फिर्ता गराउनसमेत प्रकृया सुरु भइसकेको बताइएको छ ।

घटनाको बारेमा सुरुमै थाहा भएकाले ठूलो क्षति हुनबाट रोकिको बैँकका कर्मचारीहरुको भनाई छ ।

स्विफ्ट ह्याकमा आफ्ना कर्मचारीको संलग्नता नदेखिएको रिसालले बताएका छन् । बाँकि रकमको ह्याकरले राती १ बजेदेखि बिहान ९ बजेसम्म कारोबार भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्