ब्रान्ड भ्यालुमा फेडेरर अगाडि



 

नयाँ दिल्ली, (एजेन्सी)
विश्वप्रसिद्ध म्यागाजिन फोब्र्सको “दि मोस्ट भ्यालुएबल ब्रान्ड एमोन्ग स्पोर्ट्स एथ्लीट्स“ सूचीको शीर्षस्थानमा स्विजरल्यान्डका रोजर फेडेरर सूचीकृत भएका छन्।

वर्तमान समयमा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडीमा टेनिस लेजेन्ड रोजर फेडेरर शीर्षस्थानमा परेका हुन्। फेडेररको ब्राण्ड भ्यालु ३७.२ मिलियन अमेरिकी डलर बराबर रहेको छ। दोस्रो स्थानमा ३३.४ मिलियन डलरसहित अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स र तेस्रोमा २७ मिलियन डलर सहित जमैकाका कीर्तिमानी धावक उसेन बोल्ट छन्।
फुटबल खेलाडीतर्फ फिफा बेस्ट अवार्ड विजेता क्रिस्टियानो रोनाल्डो अगाडि छन्। उक्त सूचीको चौथो स्थानमा रहेको उनको ब्रान्ड भ्यालु २१.५ मिलियन डलर रहेको छ। यसै गरी पाँचौ र छैठौ स्थानमा अमेरिकी व्यवसायिक गल्फ खेलाडीद्वय फिल मिकेल्सन र टाइगर उड्स रहेका छन्। यी दुई गल्फरको क्रमशः १९. ६ र १६.६ मिलियन डलर ब्रान्ड भ्यालु रहेको छ।

यता अर्का स्टार फुटबल खेलाडी लियोनल मेसीलाई भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पछि पारेका छन्। सूचीको सातौँ स्थानमा रहेका कोहलीको ब्रान्ड भ्यालु १४.५ मिलियन डलर रहेको छ भने १३.५ मिलियन डलर ब्रान्ड भ्यालु रहेका मेसी नवौँ स्थानमा छन्। रोनाल्डोको ब्रान्ड भ्यालु १३.२ प्रतिशतले वृद्धि हुँदा मेसीको १० प्रतिशत घटेको हो।
आठौ स्थानमा रहेको आयरल्यान्डका गल्फ खेलाडी रोरी मेकलोरीले ब्रान्ड भ्यालु १३.६ मिलियन डलर छ। उनले मेसीलाई शून्य दशमलव एक मिलियन डलरले पछाडि पारेका छन्। यसैगरी १३.४ डलर ब्रान्ड भ्यालु सहित अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करीले सूचीको दसौं स्थान ओगटेको छ। शीर्ष दशको सूचीमा गल्फका सबैभन्दा धेरै तीन खेलाडी छन् भने फुटबल र बास्केटबलका समान दुई–दुई खेलाडी छन्।

यता मोस्ट ब्राण्ड भ्यालु भएको टिमतर्फ भने शीर्ष दशमा तीन फुटबल क्लब छन्। धेरै ब्राण्ड भ्यालु भएको टिमतर्फ अमेरिकन प्रोफेसनल फुटबल टिम डल्लास काउब्वाइज छ। जसको ब्राण्ड भ्यालु ६७६ मिलियन पाउण्ड रहेको छ। दोस्रो स्थानमा अमेरिकन बेसबल क्लब न्यूयोर्क याङ्किज तथा तेस्रो स्थानमा अमेरिकन बास्केटबल टिम लस एन्जलस लेकर्स छन्।
प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड धेरै प्रतियोगिता जित्न नसके पनि फुटबलमध्ये सबैभन्दा अगाडि छ। युनाइटेडको ब्राण्ड भ्यालु यस वर्ष १२.८ प्रतिशतले वृद्धि भएको हो। त्यसपछि स्पानिस क्लबद्वय बार्सिलोना र रियल मड्रिड छन्। चौथो स्थानको युनाइटेडको ब्राण्ड भ्यालु ४०५ मिलियन पाउन्ड भने भने पाँचौ स्थानमा रहेको बार्सिलोनाको ४०५ मिलियन छ। यस्तै ३८५ मिलियन ब्रान्ड भ्यालुका साथ रियल सातौँ स्थानमा छ। बार्सिलोनाको भ्यालु ५.५ प्रतिशतले वृद्धि हुँदा रियलको भने २.१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्