रुसद्वारा विश्वको सबैभन्दा शक्तिशाली परमाणु क्षेप्यास्त्र परीक्षण



मस्को, (एजेन्सी)
रुसले खतरनाक आणविक क्षेप्यास्त्र सैटान–२ परीक्षण गरेको छ। अमेरिकालगायत पूरै विश्वमा खैलाबैला मच्चाउन सक्ने उक्त क्षेप्यास्त्र विश्वकै सबैभन्दा शक्तिशाली परमाणु क्षेप्यास्त्र मानिन्छ। उक्त सैटान–२ आणविक क्षेप्यास्त्रको परीक्षण गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।
उक्त क्षेप्यास्त्र मस्कोबाट करिब ५ सय माइल उत्तर पर्ने प्लेस्टेक कोस्कोड्रोम स्पेसपोर्टबाट प्रहार गरिएको मस्कोका अधिकारीले बताए। आरएस २८ सर्माट नामले पनि चिनिएको उक्त क्षेप्यास्त्र ३ हजार ६ सय माइल पार गर्दै सुदूरपूर्वमा पर्ने करास्थित निसानामा प्रहार भएको थियो।
यसअघि नै उक्त क्षेप्यास्त्रको परीक्षण हुने दाबी रुसी रक्षा प्रमुख भेलरी गरेसिमोवले गरेका हुन्।

प्रति सेकेन्ड ७ किलोमिटरको गतिमा उड्ने उक्त क्षेप्यास्त्रको विस्तार क्षमता १० हजार किलोमिटर रहेको र त्यसको एक प्रहारबाट फ्रान्सको क्षत्रफल बराबरको भूभागलाई विध्वंश पार्न सक्ने रुसी सञ्चारमाध्यमहरुले दाबी गरेका छन्।

यसको बेगको अगाडि अमेरिकी क्षेप्यास्त्र भेदी प्रणाली असफल हुने बताइएको छ। सञ्चारमाध्यममा उक्त क्षेप्यास्त्रको तस्वीर गत वर्ष प्रकाशित भएको थियो। तर त्यसको परीक्षणका बारेका खुलासा गरेको थिएन। रुसी सुरक्षा प्रमुखले उक्त क्षेप्यास्त्र विश्वको अहिलेसम्मको सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र भएको दाबी गरेका छन्।
रुसमा उक्त नयाँ क्षेप्यास्त्र आरएस २८ सर्माट भन्ने गरिन्छ। तर त्यसलाई सैतान–२ नाम २८ सदस्य रहेको सैन्य गठबन्धन समूह नेटोले दिएको हो।
केही स्रोतले यस वर्षको अन्त्यसम्ममा पश्चिम रुसको प्लेसेसेट परीक्षणस्थलमा यसको परीक्षण हुन सक्ने जनाएको छ। परीक्षणका लागि तयारी पूरा भइसकेको छ। रुसको यो परमाणु क्षेप्यास्त्रको अगाडि जापानको हिरोसिमा नागासाकीमा खसालिएका परमाणु बम खिलौना मात्र हो।

१ सय टनको यो आरएस २८ सर्माटलाई रुसी सेनाले सन् २०१९–२०२० सम्ममा आफ्नो सैन्य बेडामा समावेश गर्ने लक्ष्य लिएको छ।
नेटोका कमान्डर बाल्टिक फोर्सका जनरल बेन हजेसले रुस नेटोसँग चिढिएको बताएका छन्। त्यसैले रुस लगातार परमाणु हतियार बोक्ने क्षेप्यास्त्र विकास गर्दै आफ्नो सिमाना तैनाथ गरिरहेको उनको आरोप छ। यदि रुसले आक्रमण गरेमा नेटोले बाल्टिक इलाकाका देशहरुलाई बचाउन सक्दैन। रुसले बाल्टिक देशको राजधानीलाई मात्र ३६ घण्टामा ध्वस्त पार्न सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्