त्रिशुली नदीमा बस दुर्घटना, १५ घाइते, कयौं बेपत्ता



नेपाल समाचारपत्र्, काठमाडौं ।

शनिबार बिहान करिव साढे ५ बजे ना६ख १४६७ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । बस मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेर घाइते छन् । बसमा करिव ५० जना यात्रुहरु रहेको घाइतेहरुले बताएका छन ।

५० जना मध्ये १ जनाको लास फेला परेको छ भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ । प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ ।

घटनास्थलमा अहिले उद्दार गर्नको लागि कुरिनटाबाट गोताखोर समेत आएकसकेका छन् । उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

उनले भने, बसमा कति यात्रु थिए भन्ने यकिन भएन । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्