कात्तिक ११ | साताको राशिफल | कार्तिक ११ देखि १७ गतेसम्म



ज्यो. चन्द्रेश शर्मा

 मेष
 तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दौडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 वृष
 यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ। गरेका काम सफल हुने, कहीँ कतै वंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरु खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला वा प्रतियोगितामा विजयको सम्भावना, पठनपाठनमा सफलता, आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ। तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने देखिन्छ।
 मिथुन
 साताको शुरु आइतबारसम्म त्यति सन्तोषजनक छैन। छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन्। उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ। व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ। प्रयास सफल हुनेछ।
 कर्कट
 साता मिश्रित फलदायक छ। आइतबारसम्म द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मानमा वृद्धि, ठूलै उपलब्धिको सम्भावना छ। तर सोमबार र मंगलबार परिवार–इष्टमित्रमा विवाद सृजना हुने, व्यर्थमा दौडधुप हुने, दिनचर्या अस्तव्यस्त हुनेछ। त्यसपछिका दिनहरुमा भने गरेका कामहरु सफल हुने, लगानीबाट लाभांश पाइने, व्यापारिक कारोबारबाट लाभ मिल्ने, खेल–परीक्षा आदिमा सफलता मिल्नेछ।
सिंह
 साताको धेरैजसो दिनहरु शुभ छन्। शारीरिक स्फूर्ति बढ्नेछ। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ।
 कन्या
 तपाईंका लागि यो साताका दिनहरु धेरै शुभ फलदायक देखिन्छन्। सानै प्रयासबाट नचिताएका ठूला काम बन्नेछन्। कतैबाट धन, पुरस्कार, उपहार, मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ। पारिवारिक वा साथीभाइसँग रामै्र जमघट होला। आर्थिक लाभ हुनेछ। वैदेशिक होस् वा स्वदेशमै भए पनि रोमान्टिक यात्रा हुन सक्छ। साताको अन्त्य शुक्रबार भने स्वास्थ्यमा समस्या आउन सक्छ।
 तुला
 तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन। राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ। तर सोमबारबाट भने दिनहरु शुभ छन्। स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ। त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ।
 वृश्चिक
 तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरु शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।
 धनु
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
मकर
 यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने दुर्घटनाको सम्भावना भएकाले सतर्कता रहनुहोला।
 कुम्भ
तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन। शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला। सोमबारदेखि समय उत्तम फलदायक छ। पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ। अधुरा कार्यहरु पूरा हुनेछन्। प्रेमप्रसंग सफल हुनेछ। आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ। कतैबाट पुरस्कृत भइने सम्भावना छ।
 मीन
यस साताको शुरु शनिबार र आइतबार विविध वस्तु वा सेवाको प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख–सन्तोष, मन प्रफुल्लित हुनेछ भने साताको मध्यभाग सोमबार र मंगलबार चोटपटकको भय, पढाइमा असफलता, आर्थिक नोक्सानी हुने सम्भावना छ। तर बुधबारदेखि भाग्योदय हुनेछ। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, चिट्ठा–उपहारादि वस्तु प्राप्ति हुने, आर्थिक लाभ हुने योग छ।

प्रतिक्रिया दिनुहोस्