भक्तपुर लोकन्थलीबाट तीन जुवाडे पक्राउ



भक्तपुर,(नेस) । भक्तपुर मध्यपुर थिमि–१ लोकन्थलीबाट जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । लोकन्थलीस्थित उज्जवल खड्काको ३ तल घरको माथिल्लो तलामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवा तास खेल्ने कार्य भईरहेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न निम्न ३ जनालाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएकाहरुलाई खानतलासी गर्दा तास १० बुक, कौडा थान १६ र अठहत्तर हजार पाँच सय पचहत्तर रुपियाँ नगद बरामद गरिएको र निजहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी आवश्य्क अनुसन्धान कार्य भईरहेको छ ।
पक्राउ पर्नेमा रामेछाप थानापाटी ५ घर भई हाल सानोठिमी बस्ने बर्ष ३५ को धनेश्वर प्रसाई, भक्तपुर सु.न.पा. ३ बालकोट बस्ने बर्ष ३८ को हेम सिक्देल र दघिकोट बस्ने बर्ष २६ को दिपक अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्