यी हुन प्यूठानका लोभलाग्दा ब्राण्ड !



सलिम अन्सारी, प्यूठान ।
कुनैबेला धेरै कम्युनिष्ट नेता जन्माउने जिल्ला भनेर प्यूठान चिनिन्थ्यो। धार्मिक पर्यटनका लागि स्र्वद्धारी चिनिन्छ। तर हिजोआज देखिन थालेका कृषी उपज तथा हस्तकलाका स साना ब्राण्डहरु स्थानीय आय,उद्यमशील्ता, रोजगारी र सम्वृद्धीका श्रोत बनेका छन। यी उद्यमले उनिहरुलाइ आत्मनिर्भर बनाएको छ । उनिहरुद्धारा उत्पादित दर्जनौ सामाग्री जिल्लाको चिनारी बनेका छन।

स्याउलीबागँको अल्लो, खलंगाको बाघमुखे चुलेसी र मरण्ठानाको हर्वल सावुन जिल्लाको ब्राण्ड बनिसकको छ । पर्यटकले यहाँ उत्पादित सामाग्री कोसेलीका रुपमा लैजान थालेको उद्यमीहरु बताउँछन।हाल सजावटका लागि बाघमुखे चुलेसी,अल्लोवाट निर्मित झोला,टोपी,मोवाइलका कभरका साथै स्थानीय श्रोत र साधनबाट उत्पादित हर्वल सावुन देशका बिभिन्न शहर सहित बिदेशी बजारमा समेत रुचाउन थालिएका छन। जिल्लाको उत्तरी क्षेत्र अर्खा,रजवारा,स्याउँलीवागँ र ओखरकोटमा अल्लो उत्पादन हुन्छ। हाल जिल्लाभर ८० जनाको हाराहारीमा अल्लो उद्यमी रहेका छन।

जसमध्ये महिला उद्यमीको सँख्या बढिरहेको बताइन्छ। एक तथ्याकँ अनुसार जिल्लाबाट मासिक अनुमानित १५ लाखको प्रशोधित अल्लोको धागो सहित बिभिन्न सामाग्री निर्यात हुन्छ। उद्यमीहरुले सँकलन गरेको अल्लोको प्रशोधित धागो बिदेशी बजारमा पुर्याउन आफुले सहयोग गर्ने कोठी हिमाल अल्लो उद्योगकी सँचालिका चित्रकली बुढाले बताइन।जँगलमा त्यसै खेर गएको र पारखीहरुले टिपेर एकछाक खानु बाहेक अरु मूल्य नपाएको सिस्नोलाइ उच्च मूल्यको बालीको दर्जामा पुर्याउन चित्रकलीको टिमले सलामलायक काम गरेकाछन। प्यूठानी बाघमुखे चुलेसी पनि यहाँको अर्को पहिचान हो।

तरकारी काटने औजार र सजावटका लागि यस्को प्रयोग गरिन्छ। तर यस्को प्रबद्धन र प्रोत्साहनमा ध्यान पुग्न नसकेको सरोकारवालाहरु बताउँछन। हाल बजारमा चुलेसीको माग बढि छ। उद्यमी भन्छन माग पुर्याउन सकिएको छैन। खलंगास्थित बुढाचौरमा यस्को प्रवद्धनका लागि साझा सुबिधाकेन्द्र खोलिएको छ। प्यूथानी कृषक र उद्यमीहरुले आफनो उत्पादनलाइ लोभलाग्दो ब्राण्डका रुपमा स्थापित गरिरहेका छन।

रातो मुलाका लागि नामी प्यूठान जिल्ला चिउरीको सावुनमा पनि उत्तिकै चर्चित छ। मरन्ठानाको झिमरुक हर्वल सावुन उद्योगद्धारा उत्पादित सावुन जापान निर्यात भइरहेको छ। दशक अघि दुर्गा केसीले सँचालन गरेको उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्ययेको एक हो। यस्ले उनको दिनचर्या र जीवनशैली फेरिएको छ। चिउरीबाट कस्मेटिक सामाग्री,जैबिक बिषादि,आर्युबेदिक औषधी,बनस्पती घिउ आदि बनाउन सकिन्छ। चिउरी खेतीलाइ बिकास गर्न सक्दा बर्षको आठ महिना मौरी चरण बन्छ। यहाँ मौरी पालन फस्टाउँदो छ। जिल्लाको स्याउलिबागँमा रातो मुलाको पनि व्याबसायिक उत्पादनलाइ कृषकहरुले निरन्तरता दिइरहेका छन। दाखाक्वाडीमा श्रीखण्डको लोभलाग्दो जँगल हेर्न पाइन्छ। जिल्ला बन कार्यालय र स्थानीय बन उपभोक्ता समुहले यो बनलाइ तारवार गरेर सुरक्षित गरेका छन।

स्थानीयले श्रीखण्डबारे थाह नपाउँदा झण्डै सिद्धिएको यो वन अहिले हराभरा बनेको छ।पहिले यो वनको श्रीखण्ड गोठको घोचो,भैसीको किलो,खुर्पाको बिडँ सवै बनेको गाउँलेले रमाइलो गरि सुनाए। अहिले त यहाँको श्रीखण्डको तेल प्रतिलिटर रु ३ लाख सम्ममा चीन निकासी हुन थालेको छ। यो व्यवसायका साथै श्रीखण्डको नीजी नर्सरी खुल्न थालेका छन। त्यस्तै दक्षिणी प्यूठानका गाउँभरी अर्गानिक अदुवा खेती गरिर्दै आएको छ। अदुवा र मौरीपालनबाट जिबिको धान्नेको सँख्या यहाँ ठूलो छ। पहाडका जाँगरिलाहरुका लागि यो खुसीको कुरा हो। तर यो खुसीलाइ दिगो बनाउन व्यावसायिक उत्पादन,प्रशोधन र आकर्षक प्याकेजिगँमा राज्यको लगानी आवाश्यक छ।

 

प्रतिक्रिया दिनुहोस्