भारतको आलोचना



बेलायत

लन्डन, (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री थेरेसा मेको क्याबिनेटमा वरिष्ठ मन्त्री रहेकी प्रीति पटेलले रोहिंग्या मामिलामा भारतीय नीतिको आलोचना गरेकी छिन्। भारतको केन्द्र सरकारले रोहिंग्या मुसलमानलाई देशको सुरक्षाका लागि खतरा भएको र उनीहरूलाई म्यान्मार पठाउने बताएका थिए। भारतीय मूलका प्रीति पटेल बेलायतमा सेक्रेटरी अफ स्टेट फर इन्टरनेसनल डेभलपमेन्ट पदमा छिन्। बीबीसीसँगको कुराकानीमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनलाई प्रेरणदायक नेता भएको बताइन्। पटेलले रोहिंंग्या संकटमा बेलायतले महŒवपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्