खरेलको च्याँखे दाउ



 

राष्ट्र संघको जागिर पक्कै पनि आकर्षक हुन्छ। अमेरिकी डलरमा राष्ट्र संघले पे गर्ने गरेको छ।

नेपालका सुरक्षाकर्मीको चाहना हुन्छ एक पटक राष्ट्र संघको मिसनमा काम गर्ने। प्रायः चाहे अफिसर होस वा नन अफिसर होस शान्ति दूतका रूपमा काम गर्न गएको धरहराले सन १९५५ देखि नै देखेकै हो र अहिले पनि देखिरहेको छ।

नेपाल प्रहरीका एक जना आफूले आफैंलाई अब्बल सावित गरेका डीआईजी रमेश खरेलले फर्मान जारी गरे राष्ट्र संघको आकर्षक जागिर त्यागेर नेपाल फर्कदै छु।

राष्ट्र संघअन्र्तगत सुडानमा कार्यरत रहेका डीआईजी खरेलले मिडियालाई समेत भ्रमित पारेर भने पि फोरको जागिर छोडेर आउने म मात्रै नेपाल प्रहरीको अफिसर हुँ। हैन सर्वेन्द्र खनाल र पुष्कर कार्कीहरुले पनि त जागिर अवधी बाँकी छँदै आएका थिए खै उनीहरुले मिडियाको दुरूपयोग गरेनन् तर यी खरेल सावले मिडियाको दुरूपयोग गरेको देखेर धरहरा मुख छोपीछोपी हास्ने गरेको छ।
हैन नेपाली मिडिया पनि के भाका हुन् डीआईजी खरेल बीचैमा जागिर छोडेर आउनुको पनि त कारण छ। कतै च्याखे परेर आईजीपी भइहाल्छु कि भन्ने ? त्यो डीआईजीको सपना सपना मात्रै हुने हो कि भन्ने चिन्ता धरहरालाई छ है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्