यसरी हुन्छ मिस युनिभर्स



सन् १९२६ मा पहिलोपटक इन्टरनेसनल पयाजेनट अफ पल्च्रिच्युडमा प्रयोग गरिएको उपाधि वार्षिक रूपमा सन् १९३५ सम्म जारी रह्यो । दोस्रो विश्वयुद्धको कारण यसको आयोजना रोकिन पुगेको थियो ।

अहिले आयोजना हुने गरेको मिस युनिभर्स प्रतियोगिता क्याटलिना स्विमवेयरका निर्माता तथा अमेरिकाको क्यालिफोर्नियास्थित प्यासिफिक निटिङ मिल्सले सन् १९५२ मा स्थापना गरेका थिए । यस कम्पनीले सन् १९५१ सम्म मिस अमेरिका प्रतियोगिता पनि आयोजना गर्दै आएको थियो । सोही वर्ष विजेता योलान्ड बेत्बेजेले स्विमसुट लगाएर प्रचार प्रसारका लागि तस्वीर खिचाउन अस्वीकार गरेकी थिइन् ।

दशकौंसम्म यस कम्पनीले मिस यूएसए र मिस युनिभर्स प्रतियोगिता आयोजना गर्यो । पहिलो मिस युनिभर्स प्रतियोगिता क्यालिफोर्नियाको लंग बीचमा आयोजना गरिएको थियो । त्यस बेला फिनल्यान्डका आर्मी कुसेलाले ताज जितेकी थिइन् । तर एक वर्ष पूरा हुन केही समयअघि नै उनले विवाह गर्नका लागि अनौपचारिक रूपमा उपाधि परित्याग गरेकी थिइन् ।

प्यासिफिक मिल्सले स्थापना गरे पनि मिस युनिभर्स अर्गनाइजेसनले यो प्रतियोगिता सञ्चालन गर्ने गर्दथ्यो । अन्ततः प्यासिफिक मिल्स र त्यसका सहायक कम्पनीहरू केजर– रोथ कर्पोरेसनको स्वामित्वमा गए । त्यसलाई पनि गल्फ एन्ड वेस्टर्न इन्डस्ट्रिजले आफ्नो हातमा लियो ।

सन् १९५५ मा पहिलोपटक मिस युनिभर्स प्रतियोगितालाई टेलिभिजनबाट प्रसारण गरिएको थियो । सीबीएसले सन् १९६० मा मिस युनिभर्स र मिस यूएसए संयुक्त रूपमा प्रसारण गरेको थियो । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९९६ मा आएटीटी कर्पोरेसनसँग मिस युनिभर्स, इन्क खरिद गरेका थिए । ट्रम्पले केही वर्ष सीबीएससँगको प्रसारण बन्दोबस्त रोकेका थिए ।

सन् १९९८ मा मिस युनिभर्स इन्कले आफ्नो परिवर्तन गरी मिस युनिभर्स अर्गनाइजेसन राख्यो । यसको प्रधान कार्यालय पनि लस एन्जेल्सबाट न्युयोर्क सिटीमा सारियो । सन् २००२ मा ट्रम्पले यस प्रतियोगितालाई एनबीसीसँग संयुक्त रूपमा आयोजना गर्न थाले । सन् २००३ देखि २०१४ सम्म अमेरिकामा यसलाई एनबीसीले प्रसारण गरेको थियो ।

एनबीसीले अमेरिकी राष्ट्रपति निर्वाचनका लागि सन् २०१५ को जुनमा अवैध आप्रवासबारे दिएको राजनीतिक प्रतिक्रियाको कारण एनबीसीले मिस युनिभर्स अर्गनाइजेसनसँगको सम्पूर्ण सम्बन्ध रद्ध गरेकाले सन् २०१५ को सेप्टेम्बरमा एनबीसी र युनिभिजनले यो प्रतियोगिता आयोजना गरेनन् ।

कानुनी सहमतिका क्रममा सन् २०१५ को सेप्टेम्बरमा कम्पनीमा रहेको एनबीसीको ५० प्रतिशत स्वामित्व खरिद गरी कम्पनी माथि आफ्नो पूर्ण स्वामित्व कायम गरे । त्यसको तीन दिनपछि ट्रम्पले कम्पनी डब्ल्युएमई–आईएमजीलाई बिक्री गरे । सन् २०१५ को अक्टोवर फोक्स र एज्टेका मिस युनिभर्स र मिस यूएसए प्रतियोगिताका औपचारिक प्रसारणकर्ता बने । मिस युनिभर्स अर्गनाइजेसनको वर्तमान अध्यक्ष पाउला सुगार्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्