चिज प्रतिबन्ध फुकुवा



 

बेइजिङ, (एजेन्सी)
चीनले नरम चिज रोकफोर्ट, डेनिस ब्ल्यु, गोर्गोन्जोला र स्टिल्टनको आयातमाथि लगाइँदै आएको प्रतिबन्ध हटाएको छ। चिज बनाउन प्रयोग हुने ब्याक्टेरियालाई चीनमा अनुमोदित नगरिएको भन्दै गत सेप्टेम्बरमा ती विदेशी चिज आयातमाथि प्रतिबन्ध लगाइएको थियो। युरोपेली संघका अधिकारीसँगको एउटा बैठक बसेपछि केही दिनअघि मात्र चिनियाँ क्वारेन्टाइन अधिकारीहरूले सो प्रतिबन्ध फुकुवा गरेका हुन्। अब तत्काल व्यापार कम्पनीहरूले ती चिज आयात गर्न पाउने भएका छन्। यस खबरले चिनियाँ चिजप्रेमीहरू खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्