समलिंगी विवाह



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियामा समलिंगी विवाहलाई मान्यता दिनका लागि कानुनमा परिवर्तन गर्न आवश्यक छ वा छैन भन्ने विषयमा आम नागरिकको राय लिन जनमत संग्रह भएको छ। उक्त सर्वेक्षणमा आफ्नो विचार राख्न सबैलाई स्वतन्त्रता छ र त्यस्तो गर्न कसैलाई बाध्य पारिएको पनि छैन। सर्वेक्षणमा ‘हो’ को विकल्प चयनका लागि देशभरि र्यालीको आयोजना भइरहेको छ। गत शनिबार र आइतबार हजारौंले सडकमा आर्लेर कानुनमा परिवर्तन गर्नुपर्ने पक्षमा प्रचार गरे। अस्ट्रेलियामा समलिंगी विवाहलाई लिएर धेरै अगाडिदेखि बहस चलिरहेको छ। अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबट समलिंगी विवाहका विरुद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्