सार्कका कारण तैराकीको सातो लियो



 

सिड्नी, (एजेन्सी)
एकजना बेलायती तैराकीले आफ्नो जहाज नदेखेपछि र एउटा सार्कले पछइउन थालेकाले साढे सात किलोमिटर दूरी पौडेर सुरक्षित रुपमा अस्ट्रेलियाको समुद्री तटमा पुगेको बताएका छन्।

गत शुक्रबार ३४ वर्षीय जोहन क्रेग पश्चिमी अस्ट्रेलियाको सागरको पानीभित्र भालाले घोपेर माछा मारिरहेका थिए। तर सागरको सतहमा आउँदा उनले आफ्नो सानो जहाज भेटाउन सकेनन्।

त्यो जहाज उनकै एकजना साथीले चालइरहेका थिए। पानीको सतहमा अत्तालिँदै सहयोगका लागि चिच्याउँदै गर्दा क्रेगले एउटा सार्क देखेको बताएका छन्। लामो दूरी पौडेर किनारा पुगेका उनी पुनः तीस मिनेटसम्म हिँडेपछि बल्ल उनलाई उद्धारकर्ताहरुले देखेका थिए।

बेलायतको सन्डरल्यान्ड निवासी निकै अनुभवी तैराकी जोह्न दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। उनले टाइगर सार्कलाई आफूभन्दा चार मिटर पर मात्र देखेका थिए। उनले आफ्नो ज्यान जोगिने आशा नै मारिसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्