आगलागीमा परी घाइते



 

भक्तपुर, (नेस)
मध्यपुर थिमीमा आइतबार राति भएको आगलागीमा परी एक जना सख्त घाइते भएका छन्। मध्यपुर थिमी नगरपालिका–६ भीमसेनस्थानस्थित एक घरमा भाडामा बस्दै आएका सिन्धुपाल्चोकका विदुर आले आगलागीमा परेर गम्भीर घाइते भएका हुन्।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनका अनुसार, स्थानीय मध्यपुर अस्पताल र वीर अस्पतालल उपचार सम्भव नभएपछि आलेलाई कीर्तिपुरस्थित वर्न सेन्टर पठाइएको छ। आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामान क्षति भएको छ। के कारणले आगलागी भयो र कति रकम बराबरको क्षति भयो भन्ने तथ्यांक आउन बाँकी रहेको प्रनाउ महर्जनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्