धनी बन्न चाहनुहुन्छ भने अपनाउनुहोस् अम्बानीका यी १० टिप्स



एजेन्सी । अहिलेको युगमा जोकोही पनि कसरी धेरै पैसा कमाउन सकिन्छ भन्ने मौका खोजिरहेको हुन्छ । सबै मानिसहरुको प्राथमिकता धेरै पैसा कमाएर धनी बन्ने भएकाले सबै मानिस पैसाकै पछि लागिरहेका हुन्छन् । तर, पैसा कमाउनका लागि पनि सही तरिका र उपाय लगाउनुपर्ने धनीहरु बताउँछन् । भारतका सर्वाधिक धनी व्यवसायी मुकेश अम्बानीले पनि यसै सम्बन्धी धनी बन्न चाहनेहरुका लागि १० उपाय बताएका छन् ।

१. पैसा सबैथोक हो तर सबैभन्दा महत्वपूर्ण होइन
मुकेश अम्बानीका दाजु धीरुभाई अम्बानीका अनुसार पैसा सबैथोक हो तर सबैभन्दा महत्वपूर्ण होइन । यसै भनाइलाई मान्ने मुकेशले पनि पैसालाई हामीले गम्भीरताका साथ लिनुपर्छ तर जीवनभर त्यसको पछि लागिरहनु हुँदैन भनेका छन् ।

२. आफ्नो सपनालाई पूरा गर्न बलियो योजना तयार पार्ने
मुकेश अम्बानीका अनुसार जीवनभर पैसको पछि लाग्नु उचित होइन तर केही राम्रो गर्नका लागि सपना देख्नु पनि गलत होइन । त्यसकारण सपनालाई पूरा गर्नका लागि बलियो योजना तयार पार्न सक्नुपर्छ ।

३. आफ्नो काम राम्रोसँग गर्ने तर हिरो बन्न नखोज्ने
मुकेश अम्बानी भारतका सबैभन्दा ठूला व्यापारी हुन् तर उनी संचार माध्यमबाट टाढै रहन खोज्छन् । उनी भन्छन् , ‘आफ्नो लक्ष्यलाई हाासिल गर्न निरन्तर मिहिनेत र राम्रो काम गरिरहनुपर्छ । किनकी आफूले गरेको कामको फल हामीले अन्त्यमा जसरी पनि पाउनेछौँ जसले हामीलाई आफैँ हिरो बनाइदिनेछ ।

४. सँधैं आफ्नो अन्तरमनको कुरा सुन्नुपर्छ
अम्बानी सँधैं नयाँ घर खरिद गर्ने समयमा र भारतीय क्रिकेट टिम आइपिएललाई लिएर विवादमा आउने गरेका छन् । तर, उनका भनाइ अनुसार जीवनमा आफ्नो अन्तरमनको कुरा सुनेर निर्णय लिने गर्नुपर्छ । बाहिरी मानिसका लागि जतिसुकै विवादित भएपनि हरेक व्यक्तिले दृढताका साथ मनमा उठिरहेका विचारहरुलाई पूरा गर्नुपर्छ ।

५. आफ्ना वरिपरिका सबै मानिसमा विश्वास गर्नु तर उनीहरुको भर नपर्नु
अम्बानीले आफ्नो करिअरको सुरुआती दिनहरुमा थुप्रै कठिनाइको सामना गरेका थिए । उनका अनुसार त्यस्ता कठिन परिस्थितिका लागि सँधैं तयार रहनुपर्छ । यसका लागि आफ्ना आसपासका मानिसहरुमा विश्वास राख्नुपर्छ तर उनीहरुमा निर्भर रहनुहुँदैन । अरुमा निर्भर रह्यो भने हाम्रो कठिनाइको अन्त्य कहिल्यै हुँदैन ।

६. जोखिम लिनु जीवनको सबैभन्दा ठूलो पाठ सिक्नु हो
उनी भन्छन्, ‘जीवनमा लिएका सबै निर्णय सही हुँदैनन् तर जो व्यक्तिले यसलाई राम्रो र बलियो नियतकासाथ लिन सक्छ उसले नै सफलताको पाठ सिक्न सक्छ । सोचेजस्तो परिणामका लागि जीवनमा जोखिम उठाउनै पर्छ ।

७. नथाकी नरोकी पूरा उर्जाका साथ काम गर्ने
जो व्यक्तिले आफ्नो काम मन लगाएर निष्ठा र ऊर्जाका साथ गर्न सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । काम गर्ने तरिकालाई सँधैं जीवित राख्न जरुरी रहेको अम्बानीले बताए ।

८. आफ्ना आसपासका मानिसलाई प्रोत्साहित गर्ने
आफ्ना वरिपरिका मानिसलाई प्रोत्साहित गर्दा सकारात्मक वातावरण रहन्छ । त्यसकारण आफ्ना आसपासका मानिसको भलाइका लागि तत्पर रहनुपर्छ ।

९. आफ्नो चारैतर्फ भइरहेको घटनासम्बन्धी सतर्क रहने
मुकेश अम्बानीका अनुसार आफू जुन क्षेत्रसँग सम्बन्धित भएको हुन्छ । त्यहाँ भइरहेका सबै उतारचढावबाट सिक्न सक्नुपर्छ र त्यसै अनुसार अर्को कदम चाल्नुपर्छ । आफूले सोचेजस्तो शीर्षस्थानमा पुग्न यसले धेरै मद्दत पुर्‍याउनेछ ।

१०. भविष्यका लागि सँधैं केही नयाँ सोच्नुपर्छ
अम्बानी भन्छन् , ‘सफलता एउटा स्थायी गन्तव्य होइन । जीवनमा निरन्तर सफल हुनका लागि हामीले वर्तमानलाई मात्र नभई भविष्यलाई समेत साकार पार्न केही नयाँ सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्