रामचन्द्रका सम्धी बने पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ) मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई सीमईओमा नियुक्ती गरेको हो । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो ।

उनी कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी हुन  ।

प्रतिक्रिया दिनुहोस्