पदभार ग्रहण



 

नेपाल समाचारपत्र
ललितपुर
ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। संघको सभाकक्षमा आयोजित एक समारोहकाबीच निर्वतमान अध्यक्ष सविन श्रेष्ठले अध्यक्ष कृष्णलाल महर्जनलाई शपथ ग्रहण गराउनुभयो।

त्यसपछि अध्यक्ष महर्जनले वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीसहित, उद्योग उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, वाणिज्य उपाध्यक्ष रूपकुमार शाक्य, संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ, महासचिव मनोजबहादुर न्याछ्यो र कोषाध्यक्ष सचेन्द्रराज जोशीसहित कार्यसमिति सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो।

शपथ ग्रहणपछि अध्यक्ष महर्जनले ललितपुर जिल्ला हस्तकला, सांस्कृतिक र रोमाञ्चकारी पर्यटकीयस्थलको हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई आर्थिक विकाससंग जोड्न होमस्टेलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक मन्दिर, सम्पदाको पुननिर्माणका लागि निजी क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो। निर्वाचनताका आफूले गरेको प्रतिबद्धता हरहालतमा पुरा गर्ने पनि अध्यक्ष महर्जनले दृढता व्यक्त गर्नुभयो।
सो अवसरमा पूर्वअध्यक्ष महेशलाल प्रधान, बुद्धिराज बज्राचार्य लगायत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्