प्रहरी प्रमुख बन्न रमेश खरेलले राष्ट्रसंघ छाडे



नेपाल समाचारपत्र, काठमाडौँ।

युएन मिसन अन्तर्गत सुडानमा खटिएका प्रहरी नायब महानिरिक्षिक डिआइजी रमेश खरेल मिसन बिचमै छाडेर नेपाल फर्कने भएका छन् ।

डिआइजी खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पुरा नगरी बिचमै नेपाल फर्किन लागेका हुन् । राष्ट्रसंघले खरेललाई प्रोफेसनल–४ तहको फिल्ड कमान्डरका रुपमा छनौट भइ २ वर्षका लागि सुडानमा खटिएका थिए । तर खरेल सुडानमा खटिएको डेढ वर्षमै फर्किन लागेका हुन् ।

उनले चाँडै राष्ट्रसंघको शान्ति मिसनबाट राजिनामा दिने उल्लेख गरेका छन् । भावी प्रहरी महानिरीक्षक (आइजिपी) को दौडधुप सुरु भएकाले खरेल फर्किन लागेको अनुमान गरिएको छ ।

आगामी चैतमा आइजिपी प्रकाश अर्यालले अवकाश पाएपछि खरेलकै ब्याचबाट एक आइजिपी छानिनेछ । खरेल भावी आइजिपीका दाबेदारमध्ये एक हुन् । डिआइजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की क्रमश १, २ र ३ नम्बरमा छन् ।

उनले आफु नेपाल फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका छन् । खरेलले ‘थप ठूलो उद्देश्य’ले आफू शान्ति मिसनबाट ६ महिना अगाडि नै फर्किन लागेको साजिक सञ्जालमा समेत उल्लेख गरेका छन् ।

उनले चाँडै राष्ट्रसंघको शान्ति मिसनबाट राजिनामा दिने उल्लेख गरेका छन् । भावी प्रहरी महानिरीक्षक (आइजिपी) को दौडधुप सुरु भएकाले खरेल फर्किन लागेको अनुमान गरिएको छ ।

आगामी चैतमा आइजिपी प्रकाश अर्यालले अवकाश पाएपछि खरेलकै ब्याचबाट एक आइजिपी छानिनेछ । खरेल भावी आइजिपीका दाबेदारमध्ये एक हुन् । डिआइजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की क्रमश १, २ र ३ नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्