तीन वर्षकी बालिकामाथि १८ वर्षे युवकको बलात्कार प्रयास, रोएपछि बालिकाको हत्या



उदयपुर, (नेस) ।
उदयपुरको त्रियुगा नगरपालिका–१५ दमौटीमा शनिबार राति तीन वर्षकी बालिकाको १८ वर्षका युवकले हत्या गरेका छन् । तीन वर्षे बालिकालाई बलात्कार प्रयास गरेका बेला बालिका रोएकाले युवकले हत्या गरेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या गर्ने १८ वर्षका शंकर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

शनिबार राति १२ बजे तिर यो घटना भएको हो । बालिकालाई बलात्कार गर्न लाग्दा रोएपछि मुख थुनेर हत्या गरेको आरोपी राईले स्वीकार गरेको प्रहरीको भनाई छ । बालिकाकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्