कांग्रेसको टिकट छोडेर पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका हुन् ।कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नै मामा फर्मुल्ला मन्सुरलाई भारी मतले पराजित गरेका थिए । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोजेका हुन् ।

एमालेमा प्रवेश गर्दै उनले भने ‘एमाले मात्रै मधेशको हितमा काम गर्ने पार्टी हो भन्ने ब्यवहारबाटै पुष्टि भइसकेको छ, यही कारण मैले एमाले रोजेको हो,’ प्रवेशपछि आलमले भने, ‘केपी ओली र एमाले मधेशको सच्चा हित चिताउने र बिकाशको अभियान चलाउने पार्टी र नेता हो भन्नेमा अव मधेशमा कुनै भ्रम छैन ।’

आलमलाई अध्यक्ष ओलीसहित उपाध्यक्ष बामदेव गौतम, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र डा. राजन भट्टराईले पनि स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्