काठमाडौँको सोह्रखुट्टेमा एनजिअाेमा कार्यरत कल्याण गुरुङ माथि गोली प्रहार, १० जना पक्राउ



काठमाडौै ।  काठमाडौँको लैनचौरस्थित म्हपीमा अाज बिहान पाैने ४ बजे गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका हुन्।

गोलीबाट कल्याण गुरुङ घाइते भएका छन । उनको घुँडा भन्दा तल गोली लगेको प्रहरीले जनाएको छ । एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । घाइते खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ । उनि काठमाडाैंमा एक एनजिअाेका कायर्रत छन ।

केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्