माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तास खेले !



दशै तिहार लगायतका चाडवाड भन्ने वित्तिकै पारिवारिक जमघट भएर दुख सुख बाड्ने काम नै हुन्छ। यस्ता चाडवाडमा परिवारका सदस्यहरु रमाइलोका लागि दशैंमा पिङ खेल्ने नाचगान गर्ने तिहारमा देउसी भ‌लौ खेल्ने गरिन्छ। कतिपयले रमाइलोका नाममा जुवातास खेल्ने गरेपनि त्यो कानुनी हिसावले वर्जित छ।कतिपयले घर परिवारका सदस्यहरुसँग बसेर पनि रमाइलोका लागि पनि जुवा तास खेल्ने गर्छन। विशेष गरि सहरी क्षेत्रमा पारिवारिक सदस्यहरु नै बसेर खेल्ने चलन नै भएको छ। यसलाई रमाइलोको रुपमा लिने चलन वढ्दै जाँदा शहरी भेगमा राजनीतिक नेतृत्वसम्म पनि तास खेलेका तस्विरहरु सामाजिक सञ्जालमा भेटिन थालेका छन्।

हारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेल्न मग्न भएको प्रचण्डको तस्विर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीचमा चर्चामा रहेको छ। कतिपयले यो तस्विरलाई सामान्य रुपमा चाडवाडको बेला पारिवारिक रमाइलोको रुपमा मात्र लिएका छन् भने कतिपयले भने माओवादीले लिएको पुरानो नीतिसँग मेल नखाने घटनाको रुपमा टिप्पणी गरेका छन्।

माओवादी द्धन्दका क्रममा रमाइलोका लागि परिवारका सदस्यहरु मात्र बसेर खेल्दा पनि खेल्नेहरुलाई तास कोचाउने माओवादीका अध्यक्ष नै परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर के सन्देश दिन खोजको कतिपयले प्रश्न गरेका छन्। नेपालका जुवाघरहरुलाई सबैभन्दा बढी संरक्षण गरेका माओवादी नेतृत्वले घरमै तास खेल्नु कुन आश्चर्य भयो भनेर टिप्पणी गर्नेहरु पनि सामाजिक सञ्जालमा छन्।

रमाइलोका लागि भएपनि प्रचण्डको यो तस्विरले माओवादीको कथनी र करणीमा धेरै फरक भन्नेहरुलाई थप टिप्पणी गर्न मसला दिएको छ। माओवादीको विगत र वर्तमानलाई तुलना गर्नेहरुले माओवादीहरु सबै कुरामा सभ्रान्तको सिको गर्दै आफूहरु स्खलित भएको टिप्पणी गर्छन प्रचण्डले परिवारका सदस्यहरुसँग रमाइलोकै लागि खेलेको भएपनि तस्विर सार्वजनिक गर्दा भने उनका आफन्तहरुले कत्ति पनि ध्यान नदिएको यो घटनाले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्