न्हूदँ सांस्कृतिक साँझ सम्पन्न



काठमाडौं, (नेस)
डल्लु आवास स्थानीय सहयोग समिति, डल्लु आवास सांस्कृतिक ल्यामःपुचःको आयोजनामा नेपाल संवत् ११३८ को अवसरमा डल्लु आवासमा न्हूदँ सांस्कृतिक साँझ सम्पन्न भएको छ।

सो अवसरमा गीतसंगीतको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ जनगायक तथा संगीतकार रामेश श्रेष्ठलाई डल्लु आवास सांस्कृतिक सम्मानबाट सम्मानित गरिएको थियो।

डल्लु आवास सांस्कृतिक ल्यामःपुचःका अध्यक्ष किरण महर्जनको अध्यक्षता एवम् पूर्वप्रधानममन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राज शाक्यले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्