मेरो लगानीकाे दशौँ वार्षिक उत्सवमा डेटा एनालिटिक्स र नेपाल जर्नलको सुभारम्भ



काठमाडौँ । मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले सोमवार एक भव्य समारोहकाबिच दशौँ वर्षगाठ मनायो । दशौं बाषिकउत्सवको अवसरमा मेरो लगानी डटकमले ुडेटा एनालिटिक्स सफ्टवेयरुपनिसार्वजनिक गरेको छ । साथै मेरो लगानीले सोमवारबाटै आफ्नो सहप्रकाशन नेपाल जर्नल डटकम समेत औपचारीक रुपमा संचालनमा ल्याएको छ ।

डेटा एनालिटिक्स सफ्टवेयर तथा नेपाल जर्नल डटकमको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एक समारोहबीच उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री कार्कीले मेरो लगानी डटकमले समग्र आर्थिक क्षेत्र र शेयरबजारको बिषयमा खबर सम्प्रेषण गरेर पुर्याएको योगदानको चर्चा गर्दे बधाई तथा शुभकामना व्यक्त गरे । अर्थमन्त्री कार्कीले मेरो लगानीले सार्वजनिक गरेको डेटा एनालिटिक्स सफ्टवेयरले सेयरबजारका लगानीकर्तालाई सूचीकृत कम्पनीहरुको बारेमा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन सहयोगीहुने बताए । उनले नेपाल जर्नलको प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मेरो लगानी डटकमका महाप्रबन्धक विजयलुईटेलले मेरो लगानीले सार्वजनिक गरेको ुडेटा एनालिटिक्स सफ्टवेयरु ले सेयरबजारमा सूचिकृत रहेका सबै कम्पनीहरुको वित्तीय विवरणहरुलाई विश्लेषण गर्न सहयोग पुर्याउनेबताए । उक्त सफ्टवयेरबाट लगानीकर्ताले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाहरुको तुलानात्मक विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनसक्ने बताए ।

मेरो लगानीको उक्त सफ्टवेरमानेप्सेमा सूचिकृत सबै कम्पनीहरुको विगत पाँचबर्ष यताको सबै डेटाहरु राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफुले चाहे बमोजिमको डाटाहरु यो सफ्टवेयरबाट लिन सक्नेछन् । यो सफ्टवेयरको अहिले बजार मूल्यबार्षिक ३५ सय रुपैयाँ राखिएको छ ।

महाप्रबन्धक लुईटेलले नेपाल जर्नलले समसामायिक बिषय वस्तुका साथै राजनैतिक क्षेत्रकाखबरहरुलाई मुख्यप्राथमिक साथप्रकाशितगर्ने बताए ।लुईटेलले समाजमा रहेका सबै खालका घटनाक्रमहरुको अपडेटका साथै सरोकारवालानिकायहरुलाई खबरदारीगर्न नेपाल जर्नलले भूमिका खेल्ने दाबी गरे ।

कार्यक्रममा धितोपत्रबोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैह्रआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए । उनले गैह्र आवसीय नेपालीले गर्ने लगानीको सिमा, मुनाफाफिर्ता लैजाने लयातका विषय टुङ्याउन बाँकी रहेकाले यसले मूर्त रुप लिन नसकेको बताए ।

नेप्सेको प्रमुखकार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्टाएर बेग्ला बेग्लै बनाउन लागिएको जानकारी दिए । साथै उनले अनलाईन कारोबार छिटो सञ्चालनकालागि आफुले कार्यभार सम्हालेदेखि नै प्रयासथालेको बताए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसादपौडेल, आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षपुष्पराज आचार्य तथा ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी लगायतले शुभकामना व्यक्त गरेकाथिए ।

कार्यक्रममा नेपालसरकार, धितोपत्रबोर्ड, नेप्से, विभिन्न बैंक तथावित्तीय संस्थाका प्रमुखकार्यकारी, मर्चेन्ट बैंकर्स, सेयर लगानीकर्ता, ब्रोकर तथाविभिन्न सञ्चारमाध्यमहरुबाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्