ट्रेलरमा मेला



 

रिलिजलाई लक्षित गर्दै फिल्म मेलाले ट्रेलर सार्वजनिक गरेको छ।  फिल्म रिलिज हुन आधा महिना बाँकी रहेको सन्दर्भमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ३ दिनमा ३ लाख भिजिटर्स पाएको ट्रेलरमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मीलगायतका कलाकारलाई देख्न सकिन्छ। आगामी कात्तिक २४ गतेबाट रिलिज हुने मेला ट्रेलर कमेडी संवादले भरिएको छ। जसमा नायक सलोन बस्नेतले निकै हसाउँछन्। फिल्मको संवाद र शैली युवापुस्ताको मन जित्ने खालको बनेको ट्रेलर हेर्दा प्रष्ट हुन्छ। ट्रेलरमा सलोनको राम्रै पकड देख्न सकिन्छ।

हरि पन्तको प्रस्तुतिमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन्। राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्म सन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, हरि पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ। सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, वसन्त भट्ट, निरज श्रेष्ठलगायतका कलाकारले यसमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्