६४ सदस्यीय मन्त्रीको जिम्मेबारी बाँडफाँड, यसरी साईड लगाइयो माओवादी मन्त्री



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीले सम्हालेका गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास मन्त्रालय आफैंले लिएका छन् । माओवादीले सम्हालेका ऊर्जा मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष कमल थापालाई दिइएको छ ।

राप्रपाका चार मन्त्री र चार राज्यमन्त्रीले केही दिनअघिमात्रै शपथ लिएका थिए । माओवादीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई जिम्मा दिइएको छ । उनी यसअघि विज्ञान तथा प्रविधि मन्त्री थिए ।

माओवादीले नै सम्हालेको आपूर्ति मन्त्रालयका जयन्त चन्द, सहरी विकास मन्त्रीमा दिलनाथ गिरी, महिला, बालबालिका तथा समाजकल्याढा मन्त्रीमा विक्रमबहादुर थापालाई लगिएको छ ।

माओवादीसँग एकता गरेको नेकपा संयुक्तकी मन्त्री मिथिला चौधरीलाई भने जिम्मेवारीविहीन बनाइएको छैन ।

राप्रपाका तीन राज्यमन्त्री भाष्कर भद्रालाई ऊर्जा, सुशीलकुमार श्रेष्ठलाई आपूर्ति र कान्ता भट्टराईलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा दिइएको छ ।

प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको भन्दै राजीनामा गर्न ठीक्क परेका मन्त्रीहरुले आफ्नो निर्णयबाट पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्