पर्यटक भिषामा विदेश पठाई अलपत्र पार्ने तस्करहरुको समुह पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ ।
पर्यटक भिषामा विदेश पठाई रोजगार लागदिन्छु भन्दै अलपत्र पार्ने एक तस्करहरुको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्यटन भीषामा दूबई रोजगार दिलाईदिने लालच देखाएर बेरोजगार नेपाली युवाहरुलाई दुबईमा आकर्षक काम लागाइदिन्छु भन्दै दुबई पुर्याएर बिचल्लीमा पार्ने गरेको पाईएको छ ।

यसरी अलपत्र परेका १६ जना नेपाली नागरीकहरुलाई अबुधाबी स्थित नेपाली राजदुताबासले पिडितहरुको उद्धार गरेको छ ।

उक्त व्यक्तीहरुलाई विभीन्न प्रलोभन देखाई बिदेश पठाउने समुह मध्यका ईश्वर भण्डारी, विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई प्रहरीलाले पक्राउ गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्