शौच गर्न बसेकी महिलालाई पनि छाडेनन प्रहरी हबल्दारले



बर्दिबास । शौच गर्न सडकमा बसेकी महिलालाई जिस्काएको आरोपमा इटहर्वा प्रहरी चौकीका निमित प्रमुख प्रहरी हबल्दार ३९ शम्भू यादवलाई पक्राउ गरीएको छ । पटक पटक महीलामाथी कु दृष्टी लगाउने उनलाई पक्राउ गरी मेडीकल समेत गराइएकाृ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले उनको बारेमा अनुसन्धान भईरहेको बताएका छन । इटहर्वा प्रहरी चौकीका हबल्दार यादव सोमबार राति मदिरा पिएर लठ्ठीएका थिए। सीमावर्ती गाउँ नजिकैको मनराशिस्वा नगरपालिका–२ की वृद्ध महिलालाई मदिराको नसामा यौन दुव्र्यवहार गर्ने नियतले समातेको मनराशिस्वा नगरपालिका माओवादी केन्द्रको तर्फबाट मेयर पदका प्रतिस्पर्धी राजेन्द्र साहले बताए।
‘अपराधी प्रहरीलाई कारवाही गर’ भन्दै गाउँलले मंगलबार बिहान प्रहरी चौकी घेरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी बालकृष्ण पोखरेलको नेतृत्वमा प्रहरी टोली जिल्लाबाट इटहर्वा पुगेको थियो।

वृद्ध महिलामाथि ज्यादती गर्नु भन्दा पहिले सोमबार राति नै इटहर्वा घर भएकी एक ३० बर्षीय एकल महिलाको घरमा रक्सीको सुरमा गएका प्रहरी हबल्दारले दुव्र्यवहारको प्रयास गरेको स्थानीयले बताएका छन्। करिब ९ बजे राति एकल महिलालाई समाजिक सुरक्षा भत्ता पाएको वा नपाएको बारे ती प्रहरी हवल्दारले सोधेपछि ती महिलाले उनलाई लखेटेको गाउँलेले बताएका छन्।
घटनास्थलमा डीएसपी बालकृष्ण पोखरेलको कमाण्डमा गएको टोलीले हवल्दारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर मेडिकल गराइएको छ। करणी गर्न खोजेको शंका गर्दै पीडितले प्रहरीलाई उजुरी दिएको मनराशिस्वा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विनोद सिंहले बताए। स्थानीयले दुई घण्टा प्रहरी चौकी घरेका थिए।प्रहीले आरोपित हवल्दारमाथि अनुसन्धान भइरहेको र दोषी भए कारबाही हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्