पनौतीको मिनिवस चढ्नासाथ ५० हजार चोरी



काभ्रे (नेस) ।
काभ्रेको सार्वजनीक यातायातमा पकेटमारको विगविगि रोकिएको छैन । यातायातभित्र चोरीको घटना नियन्त्रण नहुनुमा प्रहरीको पनि मिलेमत्तो हुने गरेको आशंका गरिएको छ ।

काभ्रे बस व्यवसायी र काभ्रे मिनिवस सेवा समिति मार्फत चल्ने बसहरुमा यात्रा गर्ने यात्रुहरुले दैनिकजसो चोरीका घटनाहरु भएको सुनाउने गरेपनि प्रहरीले यसको नियन्त्रणको लागि प्रभावकारी कदम चालेको छैन ।

विहान पनौतिको ना ३ ख १३११ नम्बरको बसमा चढेर यात्रा गरेकी शिरु विश्वकर्माको सोमबार ५० हजार नगद चोरी भएको छ । पनौती ठाडोबाटो बाट अनदाजि आधाकिलोमिटर पर बासघारी पुग्दा उनको व्यागमा रहेको ५० हजार चोरी भएको थियो ।

‘म ठाडोबाटोबाट बसमा चढ्न वित्तिकै तीन÷चार जना युवाहरु पनि चढे । बासघारीमा मेरो कुममा ठेलेको जस्तो अनुभुति भएर व्यागमा हेर्दा रकम निकालिसकेछन’ पिडित विश्वकर्माले नेपाल समाचारपत्रसंग भनिन– उनिहरु बासघारीमा ओर्लिएर बस चढेर पनौतितर्फ लागे ।

बासघारीमा बाट ५० मिटर परजादा आफ्नो पैशा चोरी भएको थाहा पाउदासाथ ओर्लिएर स्थानियलाई सोध्दा उनिहरु पनौतीकै बस चढेर फर्किएको बताएको उनले भनिन् । पिडित विश्वकर्माले उनिहरु ओर्लने बेलामा मिनिवसका सहचालकले रकम पर्दैन भनेको पनि स्थानियले सुनेको बताएकी थिईन् ।

मेटलाइक विमा कम्पनीमा कार्यरत विश्वकर्माले स्थानियले विमा गरेको रकम संकलन गरेकी थिईन । उनको घाटीमा सिक्री समेत अधा चुडालिसकेको थियो ।

यस अघि पनि सार्वजनीक यातायातमा चोरी भएको घटनाबारे प्रहरीलाई प्रशस्त उजुरी परेको छ । तर प्रहरीले भने प्रभावकारी अनुसन्धान नगर्ने गरेको गुनासो पिडितहरुले गरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्