मिलानो ब्राण्डका फुटवेयर अब नेपालमा



 

काठमाडौं, (नेस)
नेपाली बजारमा मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक भएको छ। स्वदेशी कम्पनी एक्सन पोलिमर प्रालिले बिहीबार मिलानो ब्राण्डका फुटवेयर नेपाली बजारमा सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय स्तरका जुत्ताचप्पल नेपाली ग्राहकमाझ पुर्याउने उद्देश्यले आधुनिक फेशनसहित सो ब्राण्ड ल्याएको कम्पनीले बताएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष राजेश अग्रवालले सार्वजनिक गरिएको फुटवेयर विश्वको उत्कृष्ट इटालियन प्रविधिबाट पहिलो पटक पोली युरिथिन (पीयु) फुटवेयर उत्पादन भएको दावी गर्नुभयो। ‘इटालियन प्रविधिमा पियु चप्पलको यो पहिलो उत्पादन हो।’ उहाँले भूनुभयो। कम्पनी गएको वर्ष भैरवामा करिब ३० करोड रुपियाँ लगानीमा स्थापना गरिएको थियो। कम्पनीले पीयू स्लीपर, स्याण्डल, जुत्ता लगायत उत्पादन गरिरहेको छ। हरेक लिंग र उमेर समूहका मानिसका लागि फुटवेयर उत्पादन भइरहेको उहाँको दाबी छ।

कम्पनीका अनुसार मिलानो ब्राण्डका फुटवेयरहरूका विशेषताको रूपमा हलुका तौल, स्वास्थ्यलाई फाइदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबल, आरामदायी, टिकाउ, वाटरप्रुफ लगायत रहेका छन्। कार्यक्रममा कम्पनीका प्रबन्धक निर्देशक प्रदीप अग्रवालले उद्योगले फुटवेयर उत्पादन मात्र नगरेर रोजगार सिर्जना गर्ने तथा बेरोजगारी समस्यालाई न्यूनीकरण समेत गर्न सहयोग गर्ने पनि बताउनुभयो। यसकार्यले स्थानीय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्ने र विदेशी आयातलाई विस्थापन गर्न सहयोग पुग्ने उहाँको विश्वास छ। कम्पनीका अध्यक्ष अग्रवालले कार्यक्रमको अवसरमा बजारमा मिलानो ब्राण्डका फुटवेयर ३ सय ५० देखि ६ सय रुपियाँसम्ममा उपलब्ध रहेको जानकारी दिनुभयो। स्थापना कालदेखि हालसम्ममा कम्पनीले प्रत्यक्ष ३ सय र अप्रत्यक्ष रूपमा १ हजारभन्दा बढी संख्यामा रोजगारी प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीमा ९५ प्रतिशत स्वदेशी जनशक्तिले काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्