मुम्बई हमलाका सूत्रधार सइदको हिरासत समाप्त



 

लाहौर, (एजेन्सी)
पाकिस्तान सरकारले
आतंकवादविरुद्धको कानुनअन्तर्गत हाफिज सइदको हिरासत बढाउन दिएको दर्खास्त शनिबार फिर्ता लिएको छ।

सरकारले दुई पटक कानुनी व्यवस्था बनाइराख्ने नाममा उनको हिरासत अवधि बढाएको थियो। मुम्बई आतंककारी हमलाका सूत्रधार मानिएका जमात उद दावा प्रमुख हाफिज सइदलाई अन्य ४ जनासँग जनवरी ३१ मा आतंककारीविरोधी काननुअन्तर्गत ९० दिनका लागि पन्जाब सरकारले हिरासतमा लिएको थियो। त्यतिबेलादेखि उनी घरमै नजरबन्दमा रहेको छ।

पन्जाबको गृह मन्त्रालयले अदालतमा सरकार आतंककारी कानुनअनुसार उनका हिरासत अवधि बढाउन नचाहेको बताएको छ। अदालतले उक्त दरखास्तलाई मञ्जुरी दिएको र त्यससम्बन्धी मुद्दालाई बन्द गरेको छ। यसको बाबजुद ती पाँचै जनालाई सार्वजनिक आदेशको पालना गर्ने कानुनअन्तर्गत नजरबन्दमा राखिने जनाइएको छ।

यसअघि पन्जाब सरकारले लोक व्यवस्था अध्यादेशअनुसार सइद र ती चार सहयोगीको गतिविधिमा निगरानी राख्दै उनीहरूलाई शान्ति तथा सुरक्षाका लागि खतरा भएको बताएका थिए। उनीहरूको नजरबन्दलाई अक्टोबर २४ सम्म बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्