शाहरुखलँई ब्रेक दिने निर्देशक टण्डनको निधन



 

बलिउडका लोकप्रिय अभिनेता तथा निर्देशक लेख टण्डनको आइतबार साँझ मुम्बईको पवईस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी फिल्ममेकर अशोक पण्डितले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किङ खान शाहरुख खानलाई पहिलोपटक टिभी सिरियल दिल दरियामा ब्रेक दिएका टण्डन विगत केही महिनादेखि अस्वस्थ थिए। फिल्म आम्रपालीबाट निर्देशनमा हात हालेका टण्डनको पहिलो फिल्म नै सन् १९६७ को ओस्कार अवार्डसम्म पुगेको थियो। उक्त फिल्म बेस्ट फरेन फिल्मको विधामा ३९औं संस्करणमा मनोनयनमा परेको थियो। फिल्म दुल्हन वही जो पिया मन भाएको लागि सन् १९७८ को फिल्म फेयर अवार्डबाट निर्देशक लेख टण्डनलाई सम्मान गरिएको थियो।

आफ्नो फिल्मी करियरमा शाहरुख खान, सम्मी कपुर, आमिर खानजस्ता अभिनेतासँग काम गरेका निर्देशक टण्डनले फिल्म स्वदेश, रंग दे वसन्ती, चेन्नई एक्सप्रेसलगायतमा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्