म्यादी प्रहरीका लागि १ हजार ८ सय आवेदन



 

बैतडी, (नेस)
अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्त र भयरहित बनाउन खोलिएको म्यादी प्रहरी भर्नाका लागी बैतडीमा १ हजार ८ सय बढी आवेदन परेका छन्।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माका अनुसार म्यादी प्रहरीका लागि बैतडीमा १ हजार ८ सय १८ जनाले आवेदन दिएका छन्। आवेदन दिएकामध्ये छनोट प्रक्रिया कात्तिक ५ गतेदेखि ८ गतेसम्म गरिने उहाँले बताउनुभयो। म्यादी प्रहरीमा छनोट भएकाको तालिम भने कात्तिक १२ गतेदेखि सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीको आवेदन दिनेमा युवा बढी रहेका छन्। असोज २४ गतेदेखि असोज ३० गतेसम्म आवेदन फारम खुला गरिएको थियो। बैतडीमा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ। १ लाख ३२ हजार ३ सय १७ मतदाता रहेको बैतडीमा अगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्