कांग्रेसमा फर्किँदा सुशील र गिरिजलार्इ सम्झिँदै आँसु झारे गच्छदारले



नेपाल समाचारपत्र,काठमाडौँ ।

नेपाल लोकतान्त्रिक फोरमलार्इ नेपाली कांग्रेस विलय गराउने क्रममा भाषण गरिरहँदा विजय गच्छदार भावुक भएका छन् ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच बालुवाटारमा एकता कार्यक्रम चलिरहँदा पार्टी फुटाउनुको कारण सम्झिँदै गच्छदारले भावुक हुँदै आँसु नै झारेका हुन् ।

२०६४ सालका कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरममा पुगेका गच्छदारले त्यसपछि आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक फोरम बनाएका थिए ।

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि टुटफुटबाट अछुतो रहन सकेन । त्यहीकारण उनको पार्टीले स्थानीय तह निर्वाचनमा गतिलो नतिजा पनि निकाल्न सकेन ।

एक दशकपछि कांग्रेसमा फर्किएका गच्छदारले कांग्रेस छाड्नुको कारणबारे बोलिरहँदा आँसु झारेर भावुक बने । भाषणका क्रममा उनी केहीबेर निःशब्द बने, बोल्नै सकेनन् । गच्छदारले आँसु झारेपछि एकीकरण कार्यक्रममा उपस्थित अन्य नेताहरू पनि भावुक बनेका थिए ।

ुदस वर्षअघि म मधेसी जनताको आन्दोलनमा होमिन गएको थिएँ,’ गच्छदारले भाषणा गर्ने क्रममा भने, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील ९कोइराला० दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्दारोक्दै पनि मैले कांग्रेस छाडेको थिएँ, पार्टी छाड्दा पनि म भावुक बनेको थिएँ।’

गच्छदारले आफूलाई मधेसको गद्दार र कांग्रेसको पुच्छर भनेर गाली गरिए पनि संविधान निर्माण गरी कार्यान्वयनमा ल्याउन सकेकोमा खुसी व्यक्त गरे । ुदेश र जनताका लागि मैले रगत बगाएको पार्टीमा लोकतान्त्रिक फोरमलाई सामेल गराएँु, उनले भने, ुमेरो विरोध गर्नेहरूको मलार्इ कुनै मतलब छैन ।ु

कांग्रेसमा विलय भएपछि लोकतान्त्रिक फोरमको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई हैसियत अनुसार पद दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्