म्यादी प्रहरी बन्न लर्को



सलिम अन्सारी, प्युठान ।
म्यादी प्रहरी हुन प्युठानमा युवायुवतिको लर्को लागेको छ।

आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको प्युठानमा भिड लागेको हो ।

अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि त्यत्तिकै भिड छ ।

देशमा बढ्दो बेरोजगारी र प्रहरी भर्ना सेवामा पछि पाइने अबसरको खोजी गर्दै आबेदकको संख्या बढेको हुन सक्ने सरोकारवालाहरु बताउछ्न। म्यादी प्रहरीका लागी गत २४ गतेबाट आवेदन लिन सुरु भएकोमा आईतबार सम्म १६ सय ७ जनाले फारम दर्ता गराएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

आईतबार सम्ममा पुरुष १३ सय १६ जना र महिला २ सय ९१ जनाले फारम दर्ता गरेका छन् । सोमबार ३० गतेसम्म फारम भर्ने म्याद रहेको जिप्रका श्रोतले जनाएको हो । आबेदनको अन्तिम दिन आज सम्ममा जति आबेदन दर्ता हुन्छन,प्रक्रीया र बिबरण पुगेकालाइ छनौट परिक्षामा सहभागी गराइने जनाइएको छ।

म्यादी प्रहरिको सेवा सुबिधा नेपाल प्रहरिको जवान सरह कायम रहने छ। निर्वाचनमा खटिने म्यादी प्रहरिले ५५ दिनको नियुक्ती पाउनेछन।आगामी निर्बाचनका लागि सरकारले देशभरबाट एक लाख जना म्यादी प्रहरी आवाश्यक पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्