जेलमा रहेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलार्इ पार्टीबाट पनि हटाइने



सेउल, भ्रष्टाचार कारण अपदस्थ भएर जेल सजाय काटिरहेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गुन्ह्येलाई पार्टी सदस्यबाट पनि हटाउने तयारी भएको छ ।

कन्जरभेटिभ लिबर्टी कोरिया पार्टी एलकेपीले पार्कलाई पार्टी सदस्यबाट हटाउने तयारी गरेको हो । एलकेपीले यसै हप्तामा पार्कलाई स्वेच्छिक तवरले पार्टी छोड्ने आग्रह गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

पार्टीको आग्रह अस्वीकार गरे पार्टीको नियम अनुसार दश दिन भित्र पार्कलाई सदस्यबाट निश्कासन गरिने पनि एलकेपीले बताएको छ । बरेइन पार्टीसँगको एकतामा पार्क र उनका गुटमा आवद्ध सबै नेतालाई सदस्यबाट हटाउनुपर्ने शर्त आएपछि एलकेपीले पार्कलाई पार्टी सदस्यबाट हटाउने प्रक्रिया अगाडि बढाएको हो ।

भ्रष्टाचार प्रकरणमा पार्क राष्ट्रपति पदबाट अपदस्थ भएपछि गत डिसेम्बरमा पार्क विरोधी खेमाले सेनुरी पार्टी भंग गरी एलकेपी र बरेइन पार्टी गठन गरेका थिए ।

बहुप्रतिक्षित भ्रष्टाचार प्रकरणमा पार्क अहिले राजधानी सिउलस्थित केन्द्रीय कारागारमा छिन् भने अन्य मुद्धामा उनको जेल बसाई समयावधि पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्