राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
युवावर्गहरूलाई कविताको माध्यमबाट रक्तसञ्चार तथा रक्तदानबारे जानकारी प्रदान गर्ने तथा चेतना फैलाउने उद्देश्यले ब्लड डोनर्स अफ अमेरिका (बीडीए), इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स (आइएनबीडी) ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को संयुक्त आयोजनामा ‘युवाको अभियान रक्तदानमा योगदान’ शीर्षकमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ।

नेपालभरिबाट कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूबीच भएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार, चौथो हुनेलाई १० हजार तथा पाँचौ हुनेलाई ७ हजार ५ सय रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। आयोजकका अनुसार युवाहरूलाई स्वयंसेवी रक्तदानबारे चेतनाको वृद्धि गरी भविष्यमा स्वयंसेवी रक्तदाताहरूको अभिवृद्धि गर्न उक्त कार्यक्रमको अयोजना गरिएको बताइएको छ।

सो प्रतियोगतामा सहभागी कविताहरू मध्येबाट निर्णायक मण्डलले १५ वटा कवितालाई उत्कृष्ट कविताका रूपमा चयन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्