बाम गठबन्धनसँग कांग्रेस अात्तीयाे: चुनाव जित्न सक्ने देखिएका नेतानै समानुपातिकको बन्द सूचीमा !



काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष तहका नेता नै समानुपाति सूचीमा बसेका छन । नेपाली कांग्रेस भित्र चुनाव जित्न सक्ने भनेर देखिएका नेतानै समानुपातिकको बन्द सूचीमा परेका हुन ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला, केबी गुरुङ, बालकृष्ण खाँण, पुष्पा भुषाललगायतका चर्चित नेताहरुले प्रत्यक्ष निर्वाचनको मैदान छाडेका हुन । नेपाली कांग्रेसले संघीय संसद् र प्रदेश सभा चुनावका लागि समानुपातिक सूचि निर्वाचन आयोगमा दर्ता गरिसकेको छ ।

संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिएका छन । संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूचि दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्