क्रु मेम्बर्ससँग सेक्स गरेपछि महिला अफिसरकाे जागिर चट



लन्डन । बेलायतको नौसेनामा सब–लेफ्टिनेन्ट रेबेका एडवर्डस्लाई जागिरबाट बर्खास्त गरिएको छ । रेबेकामाथि परमाणु पनडुब्बीमा एक क्रु मेम्बर्ससँग सेक्स गरेको आरोप छ । आरोप अनुसार ‘एचएमएस विजिलेन्ट’ पनडुब्बी जब उत्तर अटलान्टिकमा तैनाथ थियो तब रेबेकाको एक क्रु मेम्बर्ससँग ‘आपत्तिजनक सम्बन्ध’ थियो । एचएमएस भिजिलेन्ट बेलायतका चार परमाणु सम्पन्न पनडुब्बीमध्ये एक हो जो सक्रिय रुपमा बेलायतको परमाणु युद्धको स्थितीमा सुरक्षा दिन विकसित गरिएको हो ।

यो मामलामा कमान्डर स्टुअर्ट आर्मस्ट्रन्गलाई पछिल्लो महिना नै जागिरबाट निकालिएको थियो । पनडुब्बीमा तैनाथ अन्य क्रु मेम्बर्सले ४१ वर्षका सम्बन्धविच्छेद भइसकेको स्टुअर्ट आर्मस्ट्रन्गविरुद्ध विरोध गरेका थिए । यो खबर त्यतिबेला चर्चामा आयो जब आरोपी महिला कर्मचारीको तस्बिर सार्वजनिक भयो ।

यसबारे जब सुरुवाती रिपोर्ट आउन सुरु भयो तब यो पनडुब्बी नयाँ परमाणु हतियार लिनका लागि अमेरिकातर्फ अगाडि बढिरहेको जानकारी प्राप्त भयो । एक स्रोतले ‘द सन’ लाई बताए, ‘अनुसन्धान जारी छ तर यो यी दुई अफिसरका लागि राम्रो साबित हुनेछैन । एचएमएस विजिलेन्टमाथि साँच्चै नै केही गलत भएको छ र हामी त्यसको गहिराइसम्म जाने कोसिस गरिरहेका छौं ।’

पनडुब्बीमा पठाइएका सबै क्रु मेम्बर्सलाई अनुसन्धान पूरा नभएसम्म हटाइएको छ । बेलायतमा अहिले पनि सिनियर अफिसरलाई उनको मातहतमा काम गर्नेसँगको सम्बन्धमाथि रोक छ र पनडुब्बीमा ‘नो टचिङ’ नीति लागू छ । बेलायतमा सन् २०११ देखि महिलालाई पनडुब्बीमा जाने अनुमती दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्