नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने



नेपाल समाचारपत्र, काठमाडौ ।
काठमाडौं, २८ असोज। नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ । निर्वाचन आयोगसँगको परामर्श पछि राष्ट्रपति कार्यालयले सपथको समय साँझ ७ बजेका लागि तय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मात्रै राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य ३ जना नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

नयाँ मन्त्री नियुक्तिले आचारसंहिता उल्लंघन हुने भन्दै आलोचनाका स्वरहरु सुनिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसंग परामर्श गर्नुभएको थियो ।

आयोगले मन्त्री परिषद विस्तारबाट आसन्न निर्वाचनलाई कुनै असर नगर्ने तथा यसअघि पनि मन्त्री परिषद विस्तार भएकोले सपथ ग्रहणको विषय राष्ट्रपतिको भएको परामर्श दिएको थियो ।

आयोगको परामर्श लगत्तै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्