चिकित्सा शिक्षा र राष्ट्रियसभा विधेयकले हावा खायाे, बैठक निष्कर्षविहीन



काठमाडौँ । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयक नआउने भएको छ । विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक निष्कर्षबिहीन भएको हो । दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । योसँगै संसदको चालू बैठकबाट दुबै विधेयक ल्याउने सरकारी प्रयास असफल भएको छ । बिधेयकका सम्बन्धमा दलहरुले आआफ्नो पूर्ववत अडान कायमै राखेका छन ।

प्रतिक्रिया दिनुहोस्