गुणस्तर र प्रविधिलाई ध्यानमा राखेर स्मार्ट सिटी निर्माण जटिलः विश्वबाबु पुडासैनी



 

गुणस्तरका सवालमा विश्वव्यापी रूपमा हेर्दा हामी पछाडि नै छौं। गुणस्तरको परिभाषा पनि परिवर्तन हुँदै गएको छ। विगतमा केही सुस्ताए पनि पछिल्लो समयमा हामीले यसलाई तिव्रताका साथ अगाडि बढाएका छौं।

अहिले विभिन्न २० वटा क्षेत्रमा गुणस्तर तर्जुमा गर्न विभिन्न प्राविधिकसहितको टोली गठन भएर काम पनि भइरहेको छ। वस्तु, सेवा, प्रक्रियालगायतका विषयमा राष्ट्रिय गुणस्तर तर्जुमा हुन्छन्। आर्थिक रूपमा बचाबट, प्राविधिक रूपमा सुरक्ष्ँित हुने र मानवीय स्वास्थ्यका हिसाबले सुहाउँदो प्रविधिलाई हामीले प्रवद्र्धनात्मक कार्यमार्फत् सबै क्ष्ँेत्रमा पुर्याउने प्रयास गरिरहेका छौँ। त्यो लगायत अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्नुपर्ने विषय चुनौतीपूर्ण छ।

हामीले मुख्य गरेर दुई वटा काम गरिरहेका छौं। पहिलो भनेको आन्तरिक बजारमा वस्तुको गुणस्तर सुनिश्चितता गर्ने र गुणस्तरीय वस्तु उत्पादनका लागि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउनका लागि प्राविधिक सीपमा सहयोग गर्ने काम गरिरहेका छौं। अर्को भनेको विश्वव्यापी मान्यताप्रँप्त गुणस्तरलाई नै आधार मानेर हामीले विभिन्न क्षेत्रमा गुणस्तर निर्धारण गरी विभिन्न वस्तु तथा सेवालाई विश्व बजारमा लैजान पहल गरिरहेका छौँ। अन्तर्राष्ट्रिय रूपमा व्यापार अभिवृद्धिका लागि प्राविधिक कठिनाईहरू कम गर्ने र नेपाली वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच दिलाउने हाम्रो अर्को प्रयास हो।

सम्बन्धित मुलुकसँग वस्तुको बजार विस्तारका लागि उनीहरूको गुणस्तर अनुरूपको वस्तु उत्पादनमा पनि हामीले सहयोग गरिरहेका छौं। गुणस्तर र प्रविधिलाई ध्यानमा राखेर स्मार्ट सिटी निर्माण जटिल छ र यसका लागि हामीसँग धेरै नै चुनौतीहरू रहेका छन्। ती चुनौती सामना गर्नका लागि विभिन्न खालका रणनीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था छ। यस वर्षको अन्तर्राष्ट्रिय गुणस्तर दिवसमा हामीले विषेश गरेर शहरीकरण गर्दा सुव्यवस्थित शहरीकरणका लागि चाहिने मापदण्डलाई प्राथमिकतामा राखिएको छ। भवन, सडकलगायत अन्य पूर्वाधार निर्माणका मापदण्डलाई आधार मानी एउटा उन्नत शहर बनाउन तथा व्यवस्थित शहरको विकासका लागि मापदण्डहरूको अन्यन्तै महत्त्वपूर्ण भूमिका रहन्छ। विकसित शहरले यी विषयमा गरेको प्रगति र उत्कृष्ट प्रयोग ल्याएका छन्।

स्मार्ट शहर निर्माणका लागि दीर्घकालीन योजनाहरू निर्माण, मापदण्ड कार्यान्वयन र तर्जुमा गर्ने विषयमा प्रँविधिक सहयोगको विषयलाई ध्यानमा राखेर बढीभन्दा बढी क्ष्ँेत्र समट्ने गरेर कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ। अहिलेको संरचनमा भन्दा केही फरक ढंगले जानुपर्ने अवस्था पनि छ। त्यो किन भने क्षमता विकास र सहभागिकताको माध्यमबाट मात्र सबै क्षेत्रलाई समेटेर गुणस्तरीयताको संस्कृति विकासमा जोड दिन सकिन्छ। उत्कृष्ट शहर निर्माणमा मात्र नभई हरेक क्षेत्रमा गुणस्तरको विकासमा बढीभन्दा जानकारी दिने तथा उनीहरूको वस्तु तथा सेवाको विश्वव्यापी पहुँचका लागि गुणस्तरका विषयमा सचेत गराउने काम विभागको नै हो। त्यसका लागि क्षमता विकासका कार्यक्रम, स्टेक होल्डरको सहभागिता बढाउने र विभिन्न निकायहरूबीच एक आपसमा समन्वयात्मक ढंगले काम गरी विश्वव्यापी मापदण्डलाई कार्यान्वयनमा ल्याउने पहल हामी गर्नेछौँ।

(गुणस्तर तथा नापतौत विभागका महानिर्देशक पुडासैनीसँग कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्