एमाले नेता राजेन्द्र पाण्डेले भने– ‘डा. केसीको माग पुरा हुदैन’



काठमाडौं । एमाले नेता राजेन्द्र पाण्डेले गोविन्द केसीको माग पुरा नहुने बताएका छन । सरकारले संशोधनसहित ल्याउन चाहेको चिकित्सा शिक्षा विधेयक संसदको बैठकबाट फेल गराउने एमाले रणनिति रहेको छ ।

सिंहदरबारमा विधेयक पास गर्ने विषयमा सहमति जुटाउन बसेको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले समितिले सर्वसम्मत रुपले तयार गरेको प्रतिवेदनअनुसार विधेयक अगाडि नबढाए फेल गराउने चेतावनी दिएका छन।

सरकार र नेपाली कांग्रेस भने १३ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन हुनेगरी संसदीय समितिको प्रतिवेदन संशोधन गरी विधेयक पास गर्ने तयारीमा छन्।

संसदको बैठकबाटै विधेयक संशोधन गर्ने सरकार र कांग्रेसको प्रस्तावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिरोध गरेका छन्।

सभामुख ओनसरी घर्तीले सिंहदरबारमा बोलाएको बैठकमा सांसद पाण्डेले मनमोहन मेडिकल कलेज रोक्न मात्र विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाए। बैठकमा सहभागी माओवादीका सांसद रामनारायण बिडारीका अनुसार सरकारले संशोधन गरेर ल्याए ‘विधेयक १, २,३ पास हुन्न’ भन्दै पाण्डे कड्किएका थिए।

प्रतिक्रिया दिनुहोस्