म्यान्मारबाट राष्ट्र संघका वरिष्ठ अधिकारी फिर्ता



यांगुन, (एजेन्सी)
संयुक्त राष्ट्र संघले म्यान्मारका रोहिंग्या क्षेत्रमा काम गरिरहेका वरिष्ठ अधिकारी रेनाटा लोक डेसालियनलाई न्ययोर्क फिर्ता बोलाएको छ । गत महिना रोहिंग्या मुसलमान विस्थापन सम्बन्धी समाचारमा डेसालियनलाई विशेष स्रोतका रूपमा लिइएको थियो । उनीमाथि रोहिंग्या मुसलमानमाथिको आन्तरिक बहस दबाएको आरोप थियो ।

विगतका दिनमा म्यान्मारको रखाइन प्रान्तमा भडकेको हिंसाका कारण ५ लाख भन्दा धेरै रोहिंग्या पलायन भइसकेका छन् । उनीहरु धेरैजसो बंगलादेशको शिविरहरुमा शरण लिएर बसेका छन् ।

राष्ट्र संघले दिएको विज्ञप्ती डेसालियनले अक्टोबरको अन्त्यसम्ममा म्यान्मार छोड्ने उल्लेख गरेको छ । यसअघि जुनमा राष्ट्र संघले उनलाई चाँडै अर्को पदमा पठाउने जनाएको थियो । तर यस निर्णयले उनको काम प्रदर्शनमा कुनै लेनदेन नभएको जनाइएको थियो ।

डेसालियन म्यान्मारमा मानवअधिकारलाई प्राथमिकता दिन विफल भएकाले राष्ट्र संघको उक्त निर्णय आएको जनाइएको छ । दुई हप्ताअगाडि संयुक्त राष्ट्रका महासचिवले डेसालियनमाथि आफ्नो पूर्ण विश्वास रहेको बताएका थिए ।

बीबीसीको एक अनुसन्धानमा म्यान्मारभित्र र बाहिर गोप्य सूत्र र सहायताकर्मीहरुले विगत चार वर्षमा म्यान्मारमा जातीय संकट गहिरिएको बताएका थिए । उनीहरुले राष्ट्र संघका कन्ट्रिटिमका प्रमुख डेसालियनले मानवअधिकार कार्यकर्ताहरुलाई रोहिंग्या इलाकामा जानबाट रोक्ने प्रयास गरेको बताएका थिए ।

बीबीसीको उक्त रिपोर्टको जवाफमा म्यान्मारमा राष्ट्र संघले विज्ञप्ती जारी गरी डेसालियनको समर्थन गर्दै उनलाई फिर्ता गर्ने पैmसला रोहिंग्या मामिलासँग कुनै सरोकार नभएको र सामान्य प्रक्रियाको हिस्सा भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्